Kakhara सबैको खबर सम्पूर्ण खबर
दुवै मृगौला फेल भएका सुमनको पुकार ‘ज्यान बचाइदिनुहोस्’

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ का सुमन नकालले आफ्नो ज्यान बचाईदिन अपिल गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्ना दुवै मृगौला फेल भएको र उपचारका लागि आर्थिक समस्या रहेकाले सकेको आर्थिक सहयोग गर्न उहाँले अपिल गर्नुभएको छ । दुबै मृगौला खराब भएपछि अहिले आफु डायलाइसिसको भर बाँचिरहेको उहाँले फेसबुकमा लेख्नुभएको छ । साथै उहाँले अव कि महँगोमा डायलाइसिस गरेर वा मृगौला प्रत्यारोपण गरेर मात्र आफ्नो ज्यान बच्ने लेख्नुभएको छ । 

‘निरन्तरको उपचार प्रक्रिया पछि अन्ततः आज देखि थप जटिल मोडमा पुगेको छु । दुःखका अनगिन्ती दिनहरु पार गर्दैगर्दा आजका मिति देखी झनै कष्टकर जिबन जिउनुपर्ने छ भन्ने कुरा कमजोर बन्दै गएको स्वास्थ्य अवस्थाले देखाइरहेको छ, निकै अप्ठ्यारो महशुस गरेको छु । बरु एक्लै भदौरे नदीको जंघार तर्न सजिलो यानिकी बरु अनकंटार जंगलमा यात्रा गर्न सजिलो होला । पक्कै पनि अबका दिन सजिलो हुनेछैन, यति महँगो र खर्चिलो उपचारको बाटोबाट बाँकी दिन जिउनु छ, बिताउनु छ, उहाँले फेसबुकमा लेख्नुभएको छ ।’

‘ठुलै दुखका साथ भन्नू पर्छ भन्नै मन नलगाई साह्रै मन पिरोल्ने गरि अन्ततः यो दुखको घाउलाइ यसै माध्यमबाट म सुमन नकाल भनेर चिन्नुहुने दाजुभाइ तथा दिदिबहिनीमा जानकारी गराउदै छु, उहाँले अगाडी थप लेख्नुभएको छ ।’ साथै सुमन बचाउ अभियानले पनि आर्थिक सहयोग गरेर सुमनको ज्यान जोगाइदिन सबैसामु अनुरोध गरेको छ । उपचार पद्धति महँगो भएको र मृगौला पत्यरोपन नगरेसम्मका लागि डायलाइसिसको भरमा बाँच्नुपर्ने बाध्यता रहेको भन्दै सकेको सहयोग गरेर उपचारमा सहयोग गर्न अपिल गरिएको छ । 

सहयोग गर्न चाहानुहुने हरुको लागि 

 

प्रभु बैंक:

Bank: Prabhu Bank Limited

Acc Name: Suman Nakal

Acc Num: 0770123109200012

Branch: SINAMANGAL BRANCH

 

सनराइज बैंक:

Bank: Sunrise Bank Limited

Acc Name: Suman Nakal

Acc Num: 0680415129205001

Branch: Gongabu Branch

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update