Kakhara सबैको खबर सम्पूर्ण खबर
ठाउँको नामबाट 'कोठा'का नाम
स्यार्पूतालबाट नामाकरण गरिएको होम स्टेको एउटा कोठा ।

यहाँको एक होम स्टे अर्थात पाहुना घरमा फरक ढंगबाट कोठाको नामाकरण गरिएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३ नम्बर वडामा निर्माण गरिएको सरकारी होम स्टे का हरेक कोठाको नयाँ तरिकाले नामाकरण गरिएको हो । त्यहाँ स्थित विभिन्न पर्यटकीय क्षेत्रको नामबाट कोठाको नामाकरण गरिएको हो ।

प्रदेश सरकारको ४० लाख बजेटबाट बनेको उक्त होम स्टेका ४ कोठाको नाम नम्बरका आधारमा नभई ठाउँको नामका आधारमा राखिएको छ । स्यार्पूताल, सिमैछरी, दादुरे र स्यानी दहका नामबाट कोठाको नाम राखिएको छ । एउटा कोठाको नाम स्यार्पूताल, अर्को कोठाको नाम सिमैछरी, अर्को कोठाको नाम दादुरे र अर्को कोठाको नाम स्यानी दह राखिएको छ ।

३ नम्बर वडाध्यक्ष चन्द्रबहादुर केसीले अरु ठाउँको पनि प्रचारका लागि पाहुना बस्ने कोठाको नाम पर्यटकीय क्षेत्रकै नामबाट नामाकरण गरिएको बताउनुभयो । स्यार्पूताल छेउमै रहेको होम स्टेका कोठाको नामाकरण गरिएका अरु ठाउँ पनि महत्वपूर्ण हुन् । स्यार्पू र दादुरे ताल हुन् सिमैछरी झरना हो भने  भने स्यानी दह पनि सानो तालको नाम हो । यी स्यार्पूताल सहित अरु ३ पर्यटकीय ठाउँ पनि स्यार्पूताल छेउछाउमै रहेका छन् । केही समयदेखि उक्त होम स्टे सञ्चालनमा रहेको छ । 
 

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update