Kakhara सबैको खबर सम्पूर्ण खबर
राप्ती आँखा अस्पतालमा पहिलो पटक नानी प्रत्यारोपण सेवा सुरू

राप्ती आँखा अस्पताल तुलसीपुर –४ रक्षाचौरमा आँखाको नानी प्रत्यारोपण सेवा सुरु भएको छ ।  नेपाल नेत्रज्योती संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालमा पहिलो पटक आँखाको नानी प्रत्यारोपण सेवा सुरू भएकाे हो । अस्पतालले पहिलो पटक बाँकेको राप्ती साेनारी–१ की कल्पना कुमालको आँखाको नानी प्रत्यारोपण गरेको हो ।

आँखाको नानीमा फुलो परेको र औषधी हाल्दा पनि ठिक नभएर फुट्न लागेपछि आँखाको डल्लो बचाउन नानी प्रत्यारोपण गरिएको हो । नेपाल आँखा बैंकले उपलव्ध गराएको उक्त नानी कुमालको आँखामा प्रत्यारोपण गरिएको राप्ती  आँखा अस्पतालकी कर्निया स्पेसीयालिष्ट (नानी रोग)  बिशेषज्ञ डा. ज्योती साप्कोटाले जानकारी दिनुभयाे ।अस्पताललाई विशिष्टकृत अस्पतालको रुपमा विकास गरि विशिष्टकृत सेवा अन्तर्गत विशिष्टकृत डाक्टरहरुद्धारा विशेषज्ञ सेवा रेटिना (आँखाको पर्दा), कोर्निया (आँखाको नानी)  र  (अकुलोप्लाष्टिक) (आँखाको क्यान्सर)  सम्वन्धी उपचार तथा शल्यक्रिया सेवाहरु सञ्चालन भएका हुन् ।

त्यस्तै अस्पतालले  विशिष्टकृत डाक्टरद्धार आँखाको पर्दा सम्वन्धी सेवाहरु, आँखाको पर्दाको अत्याधुनिक मेसिन तथा दुरबीनद्धारा चेक जाँच, आँखाको पर्दाको (मधुमेह) र शरीरका कुनै पनि रोगहरुले गर्दा आँखाको पर्दामा गरेका असरहरुको पुरा जाँच र आधुनिक स्तरको शल्यक्रिया सहितका उपचारहरु पनि दिने छ । 

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update