रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका को नेपाल रास्ट्रिय कर्मचारी सगठन निजामती को प्रथम अधिवेशन हुने भएको छ। 'प्रभावकारी जनसेवा र पेसागत अधिकार सुनिश्चिता को लागि नेपाल रास्ट्रिय कर्मचारी सङ्गठन शान्ति सुशाशन आत्मनिर्भरता र रास्ट्रिय समृद्धिको अभियानमा कर्मचारी को परिचालन' भन्ने मुल नाराका साथ यहि माघ १५ गते अधिवेशन हुन लागेकाे हाे ।
त्रिवेनी गाउँपालिका ३ खारानेटा सभाहलमा अधिवेशन आयाेजना गरिएकाे नेपाल रास्ट्रिय कर्मचारी सङ्गठन अधिवेशन आयोजक समिति त्रिवेनी गाउँपालिका संयोजक वीरबहादुर डाँगीले जानकारी दिन्नु भएको छ । नेपाल रास्ट्रिय कर्मचारी संगठन आस्था र बिचारमा प्रतिबद्ध र यस संगठनमा आवद्ध त्रिवेनी गाउँपालिका अन्तर्गत विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरु निजामती स्वास्थकर्मी, स्थानीय निकाय प्राविधिक सबै कर्मचारीलाई उपस्थितिका लागि संयोजक डाँगीले अनुरोध गर्नु भएको छ।