नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बाँफिकोट गाउँपालिका रुकुम पश्चिमले राष्ट्रिय महाधिवेशनको भाव सम्प्रेशन कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाका १० वटै वडामा गएर पार्टीले भाव सम्प्रेशन तथा राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
गत पुस २१ गते ३ नम्बर वडाबाट सुरु भएको कार्यक्रम माघ ६ गते २ नम्बर वडामा पुगेर सम्पन्न भएको हो । पार्टीले लिएको नीति र कार्यक्रमका बारेमा वडा तहसम्मका नेता कार्यकर्तालाई जानकारी गराउने, जनतासँगको भेटघाटलार्ई बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष चन्द्रबहादुर केसीले बताउनुभयो ।
यसको साथसाथै पार्टी भित्रका कमजोरी कार्यकर्ता, पार्टीका शुभेच्छुक र शुभचिन्तकबाट सुन्ने, सरकार र पार्टीले गरेका कामको प्रचार प्रसारका लागि पनि पहिलो चरणमा वडा वडाका पार्टीको प्रशिक्षण चलाइएको अध्यक्ष केसीले बताउनुभयो । दश वटै वडाको प्रशिक्षण उत्साहपूर्ण तवरबाट सम्पन्न भएको र प्रशिक्षणले पालिका स्थित पार्टी नेता, कार्यकर्तामा उत्साह पैदा भएको अध्यक्ष केसीको भनाई छ ।
पहिलो चरणमा पालिका स्थित पार्टीका विभिन्न भातृ संठनको बैठक तथा भेला सम्पन्न गरिएको थियो । अब कोरोना महामारी न्युन हुन वित्तिकै कार्यक्रम थप समिक्षा गर्ने र अरु कार्यक्रम बनाउने योजनामा रहेको अध्यक्ष केसीले बताउनुभयो । अभियानमा पार्टीका केन्द्रीय स्कूल विभाग सदस्य महेन्द्र केसी पारसमणि, कर्णाली प्रदेश सदस्य धर्मबहादुर केसी, चन्द्रबहादुर शाही, मनबहादुर वादी, दिपेन्द्रकुमार मल्ल खटिनु भएको थियो ।
यस्तै गरी पालिका स्थित सचिवालय सदस्य र अरु सदस्य पनि जोडिएका थिए । यो अभियानका क्रममा ३ दर्जन बढीले नेकपा आफ्नो पार्टीमा प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ । दोस्रो पालिका सम्मेलन पछि माघ ७ को सचिवालय र ८ गतेको गाउँपालिकाको बैठकले राजनीतिक प्रशिक्षण र महाधिवेशनको भाव सम्प्रेशनलाई मुख्य एजेन्डा बनाएर वडासम्म जाने निर्णय गरेको थियो ।