प्रेस सेन्टर नेपालको १८ औ स्थापना दिवसको अवसरमा रुकुम पश्चिममा संगठनका पालिका समितिले विभिन्न कार्यक्रम गरेका छन् । आठविसकोट नगरपालका र बाँफिकोट गाउँपालिकामा दिवसको अवसरमा विपन्न घर परिवारलाई खाद्यान्न्न सहयोग गरिएको छ । प्रेस सेन्टर नेपाल आठबिसकोट समितिको २० घर बादी परिवारलाई खाद्यान्न सहयोग गरेको छ । समितिले दिवसको अवसरमा प्रतिपरिवार ५ किला आटा, र १ किलो दाल वितरण गरेको हो ।
त्यस्तै दिवसको अवसरमा आज बाँफिकोट गाउँपालिका वडा नं. ७ का तिले खत्री र कर्णे खत्रीको परिपवारलाई खाद्यान्न सहयोग गरेको छ । दुई घर परिवारलाई ५० किलो चामल, १ लिटर तेल, १ किलो दाल, नुन लगायत खाद्यान्न सहयोग गरेको प्रेस सेन्टर पालिका समिति अध्यक्ष प्रचण्ड खत्रीले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले खाद्यान्न वितरण गर्नुभएको हो । करिव ८ हजार वरावरको स्वास्थ्य सामाग्रि सहयोग गरेको पालिका समिति अध्यक्ष प्रचण्ड खत्रीले जानकारी दिनुभयो ।
त्यस्तै प्रेस सेन्टर नेपाल मुसिकोट नगर समितिले नगरपालिकामा रहेका बिभिन्न सञ्चार माध्यामलाई कोरोना महामारीबाट बच्न स्वास्थ्य सुरक्षाका समाग्रि हस्तान्तरण गरेको छ । दिवसको अवसरमा मास्क र सेनिटाईजर हस्तान्तरण गरिएको हो । विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट बच्नको लागि निगरपालिकामा संचालित सञ्चार माध्याम र पत्रकारहरुलाई स्वास्थ्य सुरक्षाका सामाग्रि हस्तान्तरण गरिएको पालिका समिति अध्यक्ष दिपेन्द्र महताराले जानकारी दिनुभयो ।
आज १५ सय पिस मास्क र २१ वटा सेनिटाईजर वितरण गरिएको उहाँको भनाई छ । त्यस्तै प्रेस सेन्टर नेपाल चौरजहारी नगर समितिले पनि बजारमा मास्क नलगाएकाहरुलाई मास्क बितरण गर्दै मास्क लगाउन आग्रह गरेको छ । कोरोनाको महामारीको जोखिम कायमै रहेकाले बजार क्षेत्रमा रहेका श्रमिक, र स्थानियलाई माक्स र सेनिटाईजर वितरण गरिएको पालिका समिति अध्यक्ष तिलक ओलीले जानकारी दिनुभयो ।
दिवसका अवसरमा पत्रकार सहिद चिनबहादुर बुढाको श्रीमति कमला राना र प्रेम प्रकाश चन्दकी दिदी विनिता चन्दलाई सम्मान पनि गरिएकोे छ । सानीभेरी गाउँपालिकामा भएकाे कार्यक्रम मार्फत प्रेस सेन्टरका सस्थापक नेता माओवादी केन्द्रका केन्द्रीय प्रचार विभाग सदस्य तथा पार्टीका कर्णाली प्रदेश सदस्य गोविन्द रोका सचिनले उहाँहरुलाई सम्मान गर्नुभएको थियो । सम्मान कार्यक्रममा बोल्दै उहाँले सहिदको बलिदालने नै देश संघीयतामा गएको, गणतन्त्र आएको बताउनुभयो ।