Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रेस सेन्टरको स्थापना दिवसमा रुकुम पूर्वमा अन्तरक्रिया

प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसरमा प्रेस सेन्टर नेपाल रुकुम पुर्वले अन्तरक्रिया कार्यक्रम गरेको छ । सेन्टरले पुथाउत्तरगंगा गाउपालिका पार्टी कमिटिसँग पुथाउत्तरगंगा गाउँपालिकामा भएका समस्या र यसमा पत्रकारको भुमिका विषयमा अन्तरक्रिया गरेको हो । अन्तरक्रिया कार्यक्रमको अवसरमा नेकपा माओवादी केन्द्र पुथाउत्तरगंगा गाउँ समितिले विभिन्न समस्याहरुको पहिचान गरेको छ।

अन्तरक्रियाको क्रममा गाउँ पार्टिले ढोरपाटन शिकार आरक्षले मध्यवर्ती क्षेत्र घोषणाको कुराले निम्त्याएको विवाद, सहीद मार्ग खन्ने क्रममा देखिएको समस्या, पुल निर्माणमा देखिएको समस्या, टेलिफोनको समस्या, वडा सचिव बिहिन हुँदा देखिएका समस्याहरुमा सबैले सहजिकरण गरिदिनुपर्ने बताएको छ । यस्तै स्थानीय सरकारले गरेको राम्रो कामको प्रचारसँगै चुकेको ठाउँमा खबरदारी गर्ने कुरामा पनि पत्रकारको भुमिका उत्तिकै हुनुपर्ने सहभागिहरुले बताएका थिए ।

भौगोलिक कठिनाईका कारण सेवाग्राहिले स्थानीय सरकारबाट सेवा लिने क्रममा सास्ती छ । पत्रकार कम छन । अपेक्षित रुपमा सबै रिपोर्टिङ हुन सकेको छैन । यो समस्यामा पनि ध्यान दिन सुझाव सहभागिहरुले दिएका थिए । कार्यक्रम पुथाउत्तरगंगा गाउँपालिकाको सभाहलमा स्वास्थ्य मापदण्ड पालना गरेर भएको थियो।

प्रकाशित मिति: शनिबार, माघ १५, २०७८  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update