कृषि विकास कार्यालय रुकुम पश्चिमले चालु आर्थिक वर्षमा कार्यान्वयन गर्ने सबै कार्यक्रमको सम्झौता सम्पन्न गरेको छ । हालसम्म जिल्लामा प्राप्त कार्यक्रमहरुको सम्झौता सम्पन्न भइसकेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षका लागि ८० वटा कार्यक्रमको सम्झौता भएर कार्यान्वयनको चरणमा गएको कार्यालयका निमित्त प्रमुख मिनबहादुर केसीले जानकारी दिनुभयो ।
केसीका अनुसार साना तथा मझौला गरी ३० वटा सिचाई योजना सम्झौता भएका छन् । १० वटा ब्लक कार्यक्रम ६ वटा एक गाउँ, एक उत्पादन कार्यक्रमको सम्झौता भइसकेको छ । ४ वटा लक्षित वर्ग विशेष कार्यक्रम, २ वटा विद्यालयसँग सिक्दै कमाउँदै कार्यक्रमको सम्झौता पनि भइसकेको छ । २८ जना किसानलाई कृषि व्यवसाय गर्नका लागि जग्गा भाडाको अनुदान दिइएको प्रमुख केसीले बताउनुभयो ।
अब सम्झौता गर्नुपर्ने कार्यक्रम नरहेको केसीले बताउनुभयो । सम्झौता भएकामध्य पनि १३ वटा योजनाको काम सकिएर पनि भुक्तानी भइसकेको छ । बाँकी योजनाको भुक्तानी पनि फागुन मसान्त सम्म सक्ने गरी सबैलाई भनिएको केसीले बताउनुभयो । अब थप कार्यक्रम आएपछि मात्रै सम्झौता गर्नुपर्ने अवस्था हुने केसीले बताउनुभयो ।