Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादी केन्द्र बाँफिकोटले भेला,छलफल र जनसभा गर्ने
बैठकमा सहभागिहरु ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बाँफिकोट गाउँपालिका समिति रुकुम पश्चिमले छलफल, भेघटघाट र जन सभा गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले माघ १८ देखि फागुन ५ गते सम्म गाउँपालिकाका विभिन्न टोल तथा वडामा छलफल, भेटघाट तथा जनसभा गर्ने निर्णय गरेको हो ।

पार्टीका गाउँपालिका अध्यक्ष चन्द्रबहादुर केसीका अनुसार १ नम्बर वडाको माथि लागिम, २ नम्बरको थारकाट्टे, कुनाखेत, लामौचारमा भेटघाट तथा छलफल गरिने छ । ३ नम्बर वडाको भाग्ले, खोयापधेरा, जग्रा, ४ नम्बर वडाको को लोछावाङ र ५ नम्बर वडाको लिखावाङमा छलफल तथा बैठक गरिने छ ।

६ नम्बर वडाको जिपसिङ, ७ नम्बर वडाको बास्थला र गोरेकारा ८ नम्बर वडाको मैनेरी ९ नम्बर वडाको तल्लो झुला, स्याल तथा  १० नम्बर वडाको सेजे र तल्लो ठाटीमा विशेष भेटघाटन गर्ने निर्णय भएको अध्यक्ष केसीले बताउनुभयो । बैठकले जनयुद्धमा त्याग, तपस्या, लगानी गरेका हर व्यक्तिसँग छलफल गर्ने फागुन १ गते सहिद परिवार,जनयुद्धका घाइते तथा अपांगलाई सम्मान गर्ने निर्णय पनि गरेको अध्यक्ष केसीले जानकारी दिनुभयो ।

दश वटै वडा र सबै टोलमा भार्टीका भातृ संगठनको बैठक तथा पुर्नगठन गर्ने, सहिद सप्ताहको अवसरमा फागुन १४ देखि २३ गते सम्म सबै वडामा जन सभा कार्यक्रम गर्ने निर्णय पनि बैठकले गरेको छ ।  बैठकले १५ सदस्यीय जेष्ठ कम्युनिष्ट मञ्च र २३ सदस्यीय पालिकाको सल्लाहकार समिति गठन गरेको छ ।

बैठकमै नेकपा एमाले छाडेर ४ नम्बर वडाका हेमन्त दाहालले माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । बैठकमा पार्टीका केन्द्रीय सदस्य वसन्तकुमार शर्मा, स्कूल विभागका केन्द्रीय सदस्य महेन्द्र केसी, सुरक्षा विभागका कलबहादुर नाथको उपस्थिति रहेको थियो ।

पार्टीको कर्णाली प्रदेश समिति सदस्यहरु धर्मबहादुर केसी, चन्द्रबहादुर शाही, मनबहादुर वादी र दिपेन्द्रबहादुर मल्लको पनि बैठकमा उपस्थिति रहेको थियो । माओवादी केन्द्र बाँफिकोटले यस अघि एक चरण सबै वडामा कार्यकर्ता प्रशिक्षण सम्पन्न गरिसकेको छ । 

प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  २१:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update