Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादी मुसीकोटले तोक्यो कमाण्ड इन्चार्ज
माओवादी केन्द्र मुसीकोट नगरपालिका १०, को बैठकमा सहभागिहरु ।

नेकपा माओवादी केन्द्र मुसीकोट नगरपालिका रुकुम पश्चिमले नगरपालिकालाई विभिन्न ६ कमाण्डमा विभाजन गरेको छ । पदाधिकारी बैठकले कमाण्ड तोकेर कमाण्ड इन्चार्ज पनि तोकेको छ । १, २ र ३ नम्बर वडाको एउटा कमाण्ड, ४ र ५ नम्बर वडाको अर्को कमाण्ड र ६, ७ र ८ नम्बर वडाको अर्को कमाण्ड बनाइएको छ ।

९ र १० नम्बर वडाको एउटा कमाण्ड, ११ र १२ नम्बर वडाको एउटा कमाण्ड तथा १३ र १४ नम्बर वडाको अर्को कमाण्ड तय गरिएको नगर अध्यक्ष धिरन शिर्पालीले बताउनुभयो । उहाँका अनुसार ६ वटै कमाण्डको इन्चार्ज समेत तोकिएको छ ।

१, २ र ३ नम्बर वडाको इन्चार्जमा गोपेश्वर केसी, ४ र ५ नम्बर वडाको इन्चार्जमा बुद्धिप्रसाद गौतम र ६, ७ तथा ८ नम्बर वडाको इन्चार्जमा जयबहादुर पाण्डेलाई तोकिएको छ । ९ र १० नम्बर वडाको कमाण्ड इन्चार्जमा श्रीकुमार कठायत, ११ र १२ नम्बर वडाको कमाण्ड इन्चार्जमा प्रेमकुमारी सुनार तथा १३ र १४ नम्बर वडाको कमाण्ड इन्चार्जमा गोविन्द रोका सचिनलाई तोकिएको छ ।

पदाधिकारी बैठकले वडा, टोल तथा सेल समितिका बैठक, भेला प्रशिक्षण गर्ने निर्णय गरेको अध्यक्ष शिर्पालीले बताउनुभयो ।  माओवादीले १, ४, ८, १०, ११, १२, १३ र १४ को वडा समितिको बैठक सम्पन्न गरिसकेको छ । अरु वडाका बैठक पनि बसाल्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  २१:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update