नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुकुम पश्चिम अन्तरगत मुसीकोट नगरपालिका २ मा संघर्ष समिति गठन गरिएको छ । संसद विघटनका विरुद्ध संघर्ष गर्नका लागि नरवहादुर खड्काको संयोजकत्वमा २५ सदस्यीय वडास्तरीय संघर्ष समिति गठन गरिएको हो । आज वसेको वडा कमिटि बैठकले संघर्ष समिति निर्माण गर्दै संसद विघठनका विरुद्धमा वडा तहमै संघर्ष गर्ने र नगर तथा जिल्ला स्तरमा हुने संघर्षका कार्यक्रममा सहभागिता जनाउने निर्णय गरेको छ । बैठकले २७ गते भित्र पार्टी सदस्यता वितरण र नविकरण गरिसक्ने निर्णय पनि गरेको वडा कमिटि सचिव रमेश खड्काले जानकारी दिनुभयो ।
बैठकले स्थानीय सरकारको पहलमा बैंकबाट उपलब्ध हुन लागेको सहुलियत कृषि ऋणका लागि वडामा सहकार्य समुह गठनमा सहजिकरणको भुमिका खेल्ने पनि निर्णय गरेको उहाँले बताउनुभयो । २५ गतेसम्म वडामा सहकार्य समुह गठन गरी २९ गतेभित्र नगरपालिकामा दर्ता गर्ने कार्यमा पार्टीको वडा कमिटिले सघाउने भएको हो । पार्टीका वडा कमिटि अध्यक्ष गणेश केसीको अध्यक्षमा राउखेतमा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राजकुमार शर्मा, प्रदेश कमिटि सदस्य तथा जिल्ला सचिव विमलकुमार पुनमगर र प्रदेश कमिटि सदस्य देवि ओलीको आतिथ्यता रहेको थियो ।