Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणि ३ को वडा भवन बन्दै 

रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका वडा नम्बर ३ को भवन निर्माण सुरु भएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तरगतको १० लाख बजेटबाट वडाको भवन निर्माण हुन लागेको हो । ४ कोठे भवन निर्माणको काम सुरु भइसकेको वडाले जनाएको छ ।

भुकम्प प्रतिरोधि भवन निर्माण हुन लागेको बताईएको छ । भवन निर्माण सकिएपछि वडाले आफ्नै भवनबाट सेवा प्रवाह गर्ने छ । अहिले वडा कार्यालय बिद्यालयको पुरानो भवनबाट संचालन भइरहेको छ । पुरानो र साँघुरो संरचनाका कारण अहिले सेवा प्रवाहमा समस्या भइरहेको वडाध्यक्ष मोहन ओलीले बताउनुभयो । 

अव आफ्नै घर भएमा सेवा प्रवाहमा सजिलो हुने विश्वास वडाध्यक्ष ओलीको छ । जनप्रतिनिधिहरुको पहिलो कार्यकाल सकिनै लाग्दा जिल्लाका धेरै जसो वडाका भवन निर्माणको काम धमाधम भइरहेको छ । धेरै जसो वडा कार्यालयहरुले बजेटको व्यवस्थापन गरेर भवन निर्माण सुरु गरेका छन् । तर कमै मात्र वडा कार्यालयले भवन निर्माण सम्पन्न गरेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update