रुकुम पश्चिमको सदरमुकाम आसपासमै हिमपात, चिसो बढ्यो
कृषक भने हर्षित ।
बिहिबारबाट मौसममा आएको बदली संगै हिमाली तथा उच्च पहाडि क्षेत्रहरुमा हिमपात भएको छ । रुकुम पश्चिमका लेकाली क्षेत्रहरुमा पनि हिमपात भएको छ । जिल्ला सदरमुकाम आसपासमै हिमपात भएको छ । मुसीकोट वारीपारीका डाँडाहरु हिउँले सेताम्मे भएका छन् । मुसीकोटका १, ५, ६, ७, ८, ९, १० नम्बरका उच्च भागमा हिमपात भएको छ । छिमेकी त्रिवेणि गाउँपालिकाका लेकहरुमा पनि हिमपात भएको छ ।
जसका कारण चिसो बढ्को छ । गत पुषमा पनि हिमपात भएको थियो । तर हाल भने त्यो भन्दा ठुलो मात्रामा हिमपात भएको छ । हिमपात तथा वर्षाका कारण चिसो बढेपनि कृषकहरु भने हर्षित भएका छन् । आकाशे पानीकै भरमा खेतिपाती गर्ने ठाउँमा हिमपात र वर्षाले राहात भएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८ ०७:४७
प्रतिक्रिया दिनुहोस्