Kakhara सबैको खबर सम्पूर्ण खबर
शितल क्याम्पस चाैरजहारीकाे अध्यक्षमा खुमबहादुर खड्का

शितल क्याम्पस चौरजहारी रुकुम पश्चिमको संचालक समिति अध्यक्षमा खुमबहादुर खड्का चयन हुनुभएको छ । खड्काको अध्यक्षतामा १४ सदस्यीय क्याम्पस संचालक समिति चयन गरिएको छ । जसको उपाध्यक्षमा नारायण खनाल रहनुभएको छ । त्यस्तै सदस्यहरुमा क्याम्पस प्रमुख, प्रध्यापक संघको सभापति, चौरजहारी उद्योग वाणिज्य संघका अध्यक्ष, शितल माविको प्रतिनिधि, नगर प्रतिनिधि, स्ववियू प्रतिनिधि र त्रिभुवन विश्व बिद्यालयको प्रतिनिधि रहेका छन् ।
 

प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update