रुकुम पुर्वका एक युवाले जन्मदिनको अवसरमा बिरामीलाई आर्थिक सहयोग गरेका छन् । सिस्ने गाउपालिका वडा नम्बर ६ का युवा नेता तथा एम.बी ग्रुप प्रालिका संचालक मनबहादुर बिसीले बिरामीलाई आर्थिक सहयोग गर्नुभएको हो । बिसीले सिस्ने गाउँपालिका वडा नम्बर ६ कै पाखागाउँका ३८ बर्षिय मस्तिष्कघात भएर उपचार्थ दिपेन्द्र शाहीलाई आर्थिक सहयोग गर्नु भएको छ ।
जन्मदिनमा गरिने अनावश्यक फजुल खर्चलाई काटाएर निश्वार्थ भावनका साथ ब्यक्तिगत सहयोग गरेको उहाँले बताउनुभयो । दिपेन्द्र शाही मस्तिष्कघात भएर बिगत एक बर्ष देखि उपचारको क्रममा हुनुहुन्छ । उहाँको उपचारको लागि थोरै भएपनि राहत मिलोस भन्ने सोचका साथ दश हजार सहयोग गरेकाे बिसीकाे भनाइ छ ।
बिसीले यसअघि पनि विभिन्न सामाजिक कार्यमा सधै सक्रिय हुँदै दुःखमा परेकालाई सहयोग गर्दै आउनुभएको छ । शाहक बुवा केशव शाहलाई उक्त रकम हस्तान्तरण गरिएकाे हाे । छोराको जीवन बचाउन आर्थिक सहयोग गरेकोमा खुशी व्यक्त गर्दै शाहले धन्यवाद दिनुभएकाे छ ।