Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरीमा माओवादीका ७ विभाग

नेकपा माओवादी केन्द्र रुकुम पश्चिम सानीभेरी गाउँपालिकाको विस्तारित बैठक बसेको छ । सिम्लीमा बसेको बैठकले विभिन्न ७ वटा विभागहरु गठन गरेको छ । इन्दीरा ओलीको संयोजकत्वमा आर्थिक विभाग, सर्वजित घर्तिको संयोजकत्वमा सामाजिक, साँस्कृतिक रुपान्तरण विभाग र धरम बहादुर पुनको संयोजकत्वमा स्कुलिङ विभाग गठन गरिएको छ । 

त्यस्तै कमला रोकाको संयोजकत्वमा शिक्षा विभाग, शेरबहादुर खड्काको संयोजकत्वमा अनुगमण विभाग, गोविन्द ओलीको संयोजकत्वमा श्रम ताथ रोजगार उत्पादन विभाग र लालबहादुर परियारको संयोजकत्वमा कला साहित्य तथा लोक साहित्य विभाग गठन भएको नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश समिति सदस्था तथा पार्टीका सानीभेरी गाउँपालिका इन्चार्ज बिर्खबहादुर बिष्टले जानकारी दिनुभयो । 

बैठकले माघ २९ गतेसम्म पालिकाका सबै वडा समिति बैठक बसाल्ने र फागुन १ गते जनयुद्धको २७ औं वार्षिकोत्सवको अवसरमा अन्तरक्रिया तथा चियापान कार्यक्रम संचालन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । यसका साथै बैठकले फागुन २ गते देखि फागुन ८ गतेसम्म सबै जनवर्गिय संगठनको पालिका बैठक बसाल्ने पनि निर्णय गरेको छ । 

नेकपा माओवादी केन्द्र सानीभेरी गाउँपालिका समिति अध्यक्ष भुपालसिंह ओलीको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्य राजकुमार शर्माको प्रमुख आतिथ्यता रहेको थियो । बैठकमा केन्द्रीय सदस्य बसन्तकुमार शर्मा र लक्ष्मी पुनको विशेष आतिथ्यता रहेको थियो । 

त्यस्तै पार्टीका कर्णाली प्रदेश सदस्य बिर्खबहादुर बिष्ट, पार्टीका नेता नरबहादुर पुन, प्रदेश समिति सदस्य झकबिर ओली र पहलसिंह घर्तिको पनि बैठकमा आतिथ्यता रहेको थियो ।
 

प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  २१:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update