Kakhara सबैको खबर सम्पूर्ण खबर
लोपोन्मुख गिद्धको डिभिजन वन कार्यालयमा उद्दार र उपचार
डिभिजन वन कार्यालय रुकुम पश्चिमको वन्यजन्तु उद्दार केन्द्रमा उपचाररत खैरो गिद्ध ।

लोपोन्मुख गिद्धको उद्दार गरिएको छ । डिभिजन वन कार्यालय रुकुम पश्चिमले घाइते अवस्थामा भेटिएको खैरो गिद्धलाई उद्दार गरी उपचार गरिरहेको छ । त्रिवेणि गाउँपालिका वडा नम्बर १ का स्थानीय घाइते अवस्थामा गिद्ध भेटाएपछि डिभिजन वन कार्यालयमा खबर गरेका थिए । त्यसपछि वन कार्यालयले गिद्धको उद्दार गरेको थियो । डिभिजन वन कार्यालयका निमित्त प्रमुख महेश कुमाईले विरामी अवस्थाको गिद्धको उद्दार गरी उपचार गरिरहेको जानकारी दिनुभयो । गिद्धले विषादी हालेको सिनो खाएको अनुमान गरिएको कुमाईले बताउनुभयो ।

गिद्धलाई डिभिजन कार्यालयमा बनाइएको वन्यजन्तु उद्दार केन्द्रमा राखिएको छ । गिद्धले खाने कुरा खाइरहेको छैन । यो पूर्ण रुपमा स्वस्थ भएपछि यसको प्राकृतिक वास स्थानमा छाड्ने निमित्त डिभिजन वन अधिकृत कुमाईले बताउनुभयो । यो खैरो गिद्ध लोपोन्मुख समूहमा पर्छ । तराईदेखि मध्यपहाड सम्म यो रहन्छ । सिनोमा विषादी तथा पशुमा डाइक्लोफेनेकको प्रयोग, वास स्थानको अभाव, मानव अतिक्रमण, आगलागी डढेलो, आहाराको कमी तथा विद्युतीय तारका कारण यो प्रजातिको गिद्ध जोखिममा परेको छ । 
 

प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update