जातका तथा लिंगका आधारमा हुने सबै खाले विभेद अन्त्यका लागि सबैभन्दा पहिले व्यक्तिको साँेच परिवर्तन हुन आश्यक रहेको रुकुम पश्चिममा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । यसका लागि कानुनको प्रभावकारी कार्यान्वयन र मान्छेमा जागरण ल्याउनुपर्नेमा उनिहरुको जोड छ ।
जातिय भेदभाव तथा छुवाछुत बिरुद्ध प्रशस्त कानून निर्माण गरिएपनि कार्यान्वयनको पाटो फितलो हुँदा अझै पनि कुनै न कुनै रुपमा छुवाछुत तथा विभेद जस्ता समस्याहरु समाजमा जडको रुपमा रहेको उनिहरुको भनाई छ ।
आज सदरमुकाम खलंगामा आयोजित जातीय भेदभाव तथा छुुवाछुत विद्धको ऐन कार्यान्वयनको अबस्था विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । समता फाउन्डेशन ललितपुरको आयोजना र रुकुमेली समाज विकास केन्द्रको समन्वयमा कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति उप प्रमुख इन्दीरा बि.एम.ले जिल्लामा जातीय विभेद कम हुँदै गएपनि बर्ग र सामाजिक विभेद कायमै रहेको बताउनुभयो । परिवर्तनको सुरुवात भएको रुकुममा यस्ता विभेद अझै कायम रहनु दुःखद रहेको भन्दै अब यस्ता विभेद न्युनिकरणका लागी राजनितिक दल र स्थानीय सरकारले नेतृत्व गर्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति उप प्रमुख बि.एम. सहित मुसीकोट नगरपालिकाकी उप प्रमुख प्रेमकुमारी सुनार, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक धु्रवकुमार श्रेष्ठ लगायत अधिकारकर्मी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।।