Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोटमा पूर्व जनमुक्ति सेनाको संगठन
पूर्व जनमुक्ति सेनाको भेलामा सहभागिहरु ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बाँफिकोट गाउँपालिका रुकुम पश्चिमले पूर्व जनमुक्ति सेनाको संगठन निर्माण गरेको छ । जनमुक्ति सेनाहरुको भेलाबाट ११ सदस्यीय समिति गठन गरिएको हो । लक्ष्मण शाही अध्यक्ष, नामबहादुर खत्री सचिव र खिमा डाँगी कोषाध्यक्ष रहेको समिति गठन गरिएको हो । समितिका सदस्यहरुमा अन्य ८ जना छन् ।

समितिले शेरु विकको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति पनि निर्माण गरेको छ । सल्लाहकार समितिका सदस्यमा सौरब केसी र रिता बाँठा छन् । माओवादी केन्द्र बाँफिकोट गाउँपालिका अध्यक्ष चन्द्रबहादुर केसीले पार्टीको निर्णय अनुसार पालिकामा सबै भातृ संगठनका भेला, बैठक तथा सम्मेलनहरु भइरहेको र सोही तालिका अनुसार नै पूर्व जनमुक्ति सेनाको भेला आयोजना गरिएको जानकारी दिनुभयो । 
 

प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  २०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update