Kakhara सबैको खबर सम्पूर्ण खबर
अखिल नेपाल महिला संघ क्रान्तिकारी मुसीकाेट ९ काे अध्यक्षमा दिलमाया   

मुसीकोट नगरपालिका वडा नम्बर ९ मा अखिल नेपाल महिला संघ क्रान्तिकारीको वडा भेला सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका वडा अध्यक्ष ओपेन्द्र ओलीको अध्यक्षतामा भएको भेलाबाट दिलमाया खडकाको अध्यक्षतामा २७ सदस्य नयाँ वडा समिति गठन गरिएको छ । जसकाे उपाध्यक्षमा देउशिला बुढा, सचिवमा अनुशा केसी ओली, सह सचिवमा बिमला रोका ओली र कोषाध्यक्षमा सकुन्तला नेपाली रहनुभएकाे छ ।

उक्त भेलामा माओवादी केन्द्रका नगर समिति सह सचिव नवीन ओलीको प्रमुख आथित्यता रहेको थियाे । कार्यक्रमको संचालन वडा समिति सचिव खड्कबहादुर केसीले गर्नु भएको थियो । वडामा रहेका पाँच वटा टोलबाट पाँच/पाँच जनाको प्रतिनिधित्व हुने गरि सबै बस्तिलाई समेटेर वडा समिति गठन गरिएकाे हाे ।

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update