Kakhara सबैको खबर सम्पूर्ण खबर
रेडियाे माैराखाराले गर्याे दुई वर्ष पूरा

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका सिम्लीबाट प्रशारणमा रहेको रेडियो मौराखाराले दुई वर्ष पूरा गरेको छ । २०७६ माघ २५ गते प्रशारण सुरु भएको १०६.५ मेगाहर्जको यो रेडियो अब तेस्रो वर्षमा प्रवेश गरेको हो । २०७६ फागुन २ गते तत्कालिन प्रतिनिधि सभा सदस्य तथा हालका अर्थ मन्त्री जनार्दन शर्माले रेडियोको उद्घाटन गर्नुभएको थियो ।

तर रेडियो प्रशारण भने २५ गतेबाटै आएकाले रेडियो प्रशारण भएको मितिलाई वार्षिकोत्सवको रुपमा मनाउने गरेको स्टेशन म्यानेजर नारायण ओलीले बताउनुभयो । दुई वर्षको अनुभवले रेडियो सञ्चालन, प्रशारण तथा सरोकारवाला पक्षसँगको सहकार्य बढेर गएको ओलीको भनाई छ ।

रेडियोको वार्षिकोत्सवको अवसरमा स्टेशन म्यानेजर ओलीले एक शुभकामना विज्ञप्ती समेत जारी गर्नुभएको छ । रेडियोको दुई वर्षे यात्रमा सहयोग गर्ने सम्पूर्ण सहयोगी, विज्ञापनदाता, स्थानीय सरकार र स्रोतालाई विज्ञप्ती मार्फत धन्यवाद ज्ञापन गरिएको छ । आउने दिनमा रेडियो अँझै जनताकहाँ पुग्ने, गाउँघरमा हुने ससाना घटना, परिघटना तथा गतिविधिलाई समेट्ने प्रतिबद्धता पनि रेडियो परिवारले गरेको छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update