Kakhara सबैको खबर सम्पूर्ण खबर
अनेरास्ववियू क्रान्तिकारीले पालिका इन्चार्ज तोक्यो  

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (अनेरास्ववियू) क्रान्तिकारी रुकुम पश्चिमका सबै पालिका इन्चार्ज तोकिएको छ । सोमबार बसेको अनेरास्ववियू क्रान्तिकारी कर्णाली प्रदेशको दोस्रो बैठकले रुकुम पश्चिमका ६ वटै स्थानीय तहमा इन्चार्ज तोकेको हो । 

बैठकले प्रदेश सदस्यहरुलाई इन्चार्जको जिम्मेवारी दिएको छ । मुसीकोट नगरपालिकामा विशाल बिष्ट, चौरजहारी नगरपालिकामा निराजन केसी र आठबीसकोट नगरपालिकामा खुमराज ओलीले इन्चार्जको जिम्मेवारी पाउनुभएको छ । 

त्यस्तै सानीभेरी गाउँपालिकामा रामबहादुर बिष्ट, त्रिवेणि गाउँपालिकामा भिमदत्त बुढाथोकी र बाँफिकोट गाउँपाललिकामा किरण विश्वकर्मालाई इन्चार्जको जिम्मेवारी दिईएको अनेरास्ववियू क्रान्तिकारी रुकुम पश्चिमका अध्यक्ष नारायण केसीले जानकारी दिनुभयो । 

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update