आठबीसकोटमा फागुन २ गतेबाट विद्यालय खुल्ने
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा फागुन २ गतेबाट बिद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय खुल्ने भएका छन् । कोरोना संक्रमणका कारण बन्द भएका विद्यालय फागुन २ गतेबाट खुल्ने भएका हुन् ।
नगर शिक्षा, युवा तथा खेलकुद शाखाले सबै विद्यालयहरुलाई पत्र पठाउँदै बिद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा पठन पाठन सुचारु गर्न भनेको छ । शाखाले स्वास्थ्य सम्बन्धिका सम्पूर्ण मापदण्डहरुको पालना गरेर विद्यालय खोल्न निर्देशन दिएको हो ।
शिक्षा अधिकृत इन्द्रबहादुर बिष्टले नगरभरमा रहेका सबै विद्यालयलाई पत्र पठाउँदै रोकिएको पठन पाठन सुचारु गर्न भन्नुभएको छ । कोरोना संक्रमण बढेपछि संघीय सरकारको निर्देशन अनुसार नगरपालिकाका विद्यालयहरु पनि पुष अन्तिम देखि बन्द भएका थिए ।
प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८ १७:०७
प्रतिक्रिया दिनुहोस्