Kakhara सबैको खबर सम्पूर्ण खबर
रुपेन्द्र रावत पक्षका विव्यस सदस्यहरुको असन्तुष्टि 

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १ को त्रिभुवन जनता माविमा शिक्षक सरुवाको विषयमा विद्यालय व्यवस्थापन समितिका बहुमत सदस्यले गरेको निर्णयप्रति ४ जना विव्यस सदस्यहरुले असन्तुष्टि जनाएका छन् । रिक्त हुन लागेको मावि तहको अंग्रेजि विषयको शिक्षक सरुवाका लागि ३ जनाको आवेदन परेपछि त्यसको निर्णय विद्यालय व्यवस्थापन समितिले बहुमतबाट गरेको थियो ।

विधि मिचेर निर्णय गरिएको भन्दै उक्त निर्णय कार्यान्वयन नगर्न माग गर्दै ४ जना विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले विज्ञप्ती जारी गरेका छन् । रुपेन्द्र रावतको पक्षमा मत जाहेर गरेका विव्यस सदस्यहरु वडा नम्बर १ का कार्यवाहक अध्यक्ष टेकबहादुर बिसी, नन्दबहादुर बिष्ट, शिक्षक प्रतिनिधि सुनिल शाह र कृष्णा श्रेष्ठले आज एक विज्ञप्ती जारी गरेका हुन् ।

सरुवा भएर आउन चाहेका शंकर रावल, रुपेन्द्र रावत र चन्द्रबहादुर खड्का मध्य कसैलाई विव्यसको बहुमत नभएको र अर्को दिन बैठक गर्ने निर्णय भइ सबै सदस्य घर गए पश्चात वि.व्य.स. अध्यक्ष र विद्यालयका प्रअ तथा केही सदस्यहरुको डिजाइनमा केही वि.व्य.स. सदस्यहरुलाई विभिन्न प्रलोभन देखाई बहुमत पुर्याएर निर्णय लेखी हस्ताक्षर गराइएको आरोप विज्ञप्तीमा लगाईएको छ ।

तर विद्यालय व्यवस्थापन समिति र विद्यालयले भने विधि अनुसार नै वहुमतले चन्द्रबहादुर खड्कालाई खाली हुन लागेको ठाउँमाा ल्याउने निर्णय गरेको दाबि गरेको छ । सहमति नजुटेमा विव्यसले वहुमतका आधारमा निर्णय गर्ने विधि अनुसार नै विव्यसका ९ सदस्य मध्य खड्काको पक्षमा ५ र रावतको पक्षमा ४ जनाको मत जाहेर भएको प्रध्यानाध्यापक हरिप्रसाद खनालले बताउनुभयो ।

सहमति नजुटेपछि शनिबार बसेको विव्यस बैठकले मावि अंग्रेजि शिक्षक हेमा बुढा रुकुमकोट सरुवा भएर जाने भएपछि खाली हुन लागेको उहाँको ठाउँमा राप्ती ज्ञानोदय मावि सिम्लीमा कार्यरत शिक्षक चन्द्रबहादुर खड्कालाई ल्याउने बहुमतले निर्णय गरेको थियो । 

यसैविच नेपाल शिक्षक संघले पनि यसमा असन्तुष्टि जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दै संघले पनि यो निर्णय कार्यान्वयन अनुरोध छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  २२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update