Kakhara सबैको खबर सम्पूर्ण खबर
दुर्गमको विद्यालयलाई विदेशमा रहेका युवाहरुद्धारा कम्प्युटर सहयोग
दक्षिण कोरीयमा रहेका युवाहरुले उपलब्ध गराएका कम्प्युटर ।

यहाँको एक विद्यालयलाई विदेशमा रहेका नेपालीहरु शैक्षिक सामग्री सहयोग गरेका छन् । आठबीसकोट नगरपालिका २, को सरस्वती आधारभुत विद्यालय स्यालालाई नेपालका विभिन्न ठाउँमा घर भइ दक्षिण कोरीया रहेका युवाहरुले कम्प्युटर सहयोग गरेका हुन् । विद्यालयका लागि उनिहरुले व्यक्तिगत रुपमा सहयोग संकलन गरेर विद्यालयलार्य १० वटा कम्प्युटर उपलब्ध गराएका हुन् ।

ओमलाल ओली, दत्तबहादुर ओली, धनबहादुर बोहरा लगायतका ७० जना युवाले विद्यालयलाई कम्प्युटर सहयोग गरेको विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर यरीले जानकारी दिनुभयो । प्रति कम्प्युटर २२ हजार ३० सयका दरले २ लाख २३ हजारमा कम्प्युटर विद्यालयमा पुगेका हुन् । वडा कार्यालय, नगरपालिका तथा अरु सरकारबाट प्राप्त हुन नसकेपछि विदेशमा रहेका युवाहरुलाई कम्प्युटर सहयोगका लागि अनुरोध गरिएपछि प्राप्त भएको प्रअ यरीले बताउनुभयो ।

कम्प्युटर आएपछि विद्यालयको पठन पाठन सहज भएको छ । ६ देखि ८ कक्षाका विद्यार्थीले अब कम्प्युटरमा पढ्न थालेका छन् । कम्प्युटर अभावमा किताब मात्रै पढेका विद्यार्थी अब प्राक्टिकल नै गर्न थालेका छन् । विद्यालयमा रहेको एक किलो वाट सोलार प्रविधिबाट कम्प्युटर सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २३, २०७७  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update