Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादी केन्द्र मुसीकोट ६ द्धारा जनभेटघाट कार्यक्रम सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मुसीकोट-६ ले वडाको विभिन्न टोलमा जनभेटघाट कार्यक्रम गरेको छ । पछिल्लो राजनितिक विषयमा छलफल गर्दै माओवादी केन्द्र विभिन्न टोलहरुमा पुग्ने गरेको छ । वडाको बसिबाङ र पोखरामा जभेटघाट कार्यक्रम गरिएको हो ।

पछिल्लो राजनितिक अवस्था, आठौ महाअधिबेशनको भाव र आउदै गरेको स्थानीयतहको चुवानको तयारीका विषयमा मुसीकोट नगर समिति सचिव शुसिल गौतमले कार्यक्रममा सहभागिहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

त्यस्तै गाउँ तथा टोलहरुमा पार्टीको अवस्था र कार्यकताको मागको विषयमा पनि छलफल भएको हो । अभियानमा नगर समिति सदस्य नारायण केसी,अनिल विएम, पार्टीका वडा समिति अध्यक्ष मिलन बोहोरा, सचिव दिपेन्द्र महतारा लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update