रुकुम पश्चिममा पनि फागनु १ गते देखि विद्यालय खुल्ने भएका छन् । जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले आज एक आदेश जारी गर्दै कोरोनाका कारण करिव १ महिना सम्म बन्द रहेका बिद्यालयहरु फागुन १ गते देखि संचालन गर्न भनेको छ । आज जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले एक आदेश जारी गर्नभएकाे छ ।
संघीय सरकारको निर्णय अनुसार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जिल्लामा बिद्यालय खोल्न आदेश गरेको हाे । स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै १ गते देखि बिद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप संचालन गर्न भनिएको छ । बिद्यालय संचालन गर्दा भने विद्यार्थीकाे हकमा केहि नियम लागु हुने छ । १२ वर्ष भन्दा माथिका विद्यार्थीहरूको हकमा नियमित र १२ वर्ष भन्दा कम उमेरका विद्यार्थीहरूकाे हकमा भने आलोपालो दिनमा कक्षा संचालन गर्न भनिएको छ ।
त्यस्तै खेलकुद प्रतियोगिता गर्दा कुल दर्शक क्षेमताको ५० प्रतिशत दर्शक राख्न पाईने छ । सभा, जुलुस, गोष्ठि, भेला, मेला, जात्रा भने अर्को सुचना नआउन्जेल सम्मको लागि प्रतिबन्ध लगाईएको । त्यस्तै विभिन्न कार्यालयमा सेवा लिन जादा, सार्वजनिक स्थलमा प्रबेश गर्दा खोप कार्ड पनि अनिवार्य गरिएको छ ।