नेपाल कम्युनिस्ट पार्टी माआवादी केन्द्र वडा समिति मुसिकोट नगरपालिका ७ को तेस्रो बिस्तारित बैठक सम्पन्न भयको छ । वडा पार्टी अध्यक्ष बुद्धि पुनको अध्यक्षतामा सम्पन्न बैठकले पार्टीको सांगठनिक संरचना मजबूत बनाऊने र जसका लागि वडाम रहेका ८ ओटा टोल समितिको बैठक सम्पन्न गर्ने निर्णय गरेको छ ।
त्यस्तै फाल्गुन १ गते जनयुद्द दिवस को अवसर पारी वडामा ब्यानर र पार्टीको झण्डा राख्ने ,२०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि वडामा जनभेटघाट कार्यक्रम गर्ने लगायतका निर्णय गरेको छ । बैठकमा नेकपा माओवादी केन्द्र प्रदेश समिति सदस्य गोपेश्वर केसीको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै प्रदेश समिति सदस्य जयबहादुर पाण्डे, मुसिकोट नगर समिति अध्यक्ष धिरन शेर्पाली , नगरसमिति सदस्य नारायण केसी, अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सदस्य दिपेन्द्र बुढा लगायतको ऊपस्थिति रहेको थियो। बैठकको सन्चालन सचिव सुर्यबहादुर घर्तिले गर्नुभयको थियो ।