नेकपा एकीकृत समाजवादी रुकुम पश्चिमले आसन्न स्थानीय तहको चुनावको तयारीमा लाग्ने भएको छ । आज बसेको जिल्ला पार्टी पदाधिकारीको बैठकले चुनावलाई लक्षित गरेर जिल्ला तथा स्थानीय पार्टी कमिटीका बैठक संचालन गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले फागुन महिना भरीमा स्टिकर तथा पार्टी सदस्यता वितरण तथा नविकरणलाई तिव्रता दिने पनि निर्णय गरेको पार्टीका जिल्ला अध्यक्ष बिमलकुमार पुनले जानकारी दिनुभयो । त्यस्तै पार्टीले फागुन १ गते आईतबार एमसीसीको बिरोधमा बिरोध सभा गर्ने भएको छ ।
सदरमुकाम मुसीकोट खलंगामा बिरोध सभा गर्ने अध्यक्ष पुनले बताउनुभयो । पार्टीका जिल्ला अध्यक्ष पुनको अध्यक्षतमा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज देवि ओलीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै बैठकमा प्रदेश सदस्यहरुको समेत उपस्थिति रहेको एकीकृत समाजवादीले जनाएको छ ।
यसैविच भोली पार्टीको सानीभेरी गाउँ कमिटीको बैठक बस्ने बताईएको छ ।