Kakhara सबैको खबर सम्पूर्ण खबर
जनयुद्ध दिवशको अवसरमा चौरजहारीमा सार्वजनिक विदा

जनयुद्ध दिवशको अवसरमा चौरजहारी नगरपालिकाले सार्वजनिक विदा दिएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले जनयुद्ध दिवशको अवसरमा सार्वजनिक विदा दिएको जनाएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत सीता थापाले जारी गरेको सूचनामा जनयुद्ध भव्यताका साथ मनाउनका लागि फागुन १ गते सार्वजनिक विदा दिइएको उल्लेख छ ।

माघ २४ गतेको निर्णय अनुसार नै विदा दिइएको अधिकृत थापाले बताउनुभयो । फागुन १ गते जनयुद्ध २७ औं जनयुद्ध दिवश हो । सो अवसरमा नेकपा माओवादीका विभिन्न संगठनहरुल विशेष कार्यक्रम गरी मनाउँदैछन् । रुकुम पश्चिमकै आठबीसकोट नगरपालिकाले पनि जनयुद्ध दिवशका अवसरमा सार्वजनिक विदा दिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८  २१:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update