Kakhara सबैको खबर सम्पूर्ण खबर
‘जनयुद्ध’ दिवसको अवसरमा भोली रुकुम पश्चिमका ५ स्थानीय तहमा सार्वजनिक विदा 

रुकुम पश्चिमका ५ वटा स्थानीय तहले भोली सार्वजनिक विदा दिएका छन् । २७ औं जनयुद्ध दिवसको अवसरमा भोली आईतबार जिल्लाका ५ वटा स्थानीय तहहरुले सार्वजनिक विदा दिएका हुन् । 

सानीभेरी गाउँपालिका बाहेक अन्य स्थानीय तहले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिएका छन् । मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका, बाँफिकोट गाउँपालिका र त्रिवेणि गाउँपालिकाले भोली फागुन १ गते सार्वजनिक विदा दिएका हुन् । 

नेकपा माओवादीले २०५२ साल फागुन १ गते जनयुद्ध सुरु गरेको दिनको सम्झनामा नगर कार्यपालिकाको निर्णय अनुसार एक दिन नगर भरमा सार्वजनिक विदा दिईएको आठबीसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुर केसीले जानकारी दिनुभयो । सरकारी कार्यालय, बिद्यालय, सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक विदा दिईएको स्थानीय तहहरुले सूचना जारी गर्दै जानकारी गराएका छन् । फागुन १ गते जनयुद्ध सुरुवात भएको दिनको अवसरमा हरेक वर्ष विभिन्न कार्यक्रम गरेर मनाउने गरिएको छ । 

माओवादी केन्द्र तथा माओवादीबाट छुट्टिएर बनेका अन्य दलहरुले पनि फागुन १ गतेलाई विशेष दिनका रुपमा मनाउने गर्दछन् । रुकुम पश्चिममा सबै स्थानीय तहमा माओवादी केन्द्रले सरकार संचालन गरिहेको छ ।
 

प्रकाशित मिति: शनिबार, माघ २९, २०७८  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update