यस वर्षको यदु स्मृति पत्रकारिता पुरस्कार २०७८ का लागि पत्रकार महेश केसी छनौटमा पर्नु भएको छ । यदु स्मिृत पत्रकारिता पुरस्कार छनौट तथा सिफारिस समितिले रुकुम पश्चिममा रहेर पत्रकारितामा क्रियाशिल केसीलाई पुरस्कृत गर्ने गरी यदु स्मृति प्रतिष्ठानमा सिफारिस गरेको हो । पुरस्कार फागुन २१ गते यदु स्मृति प्रतिष्ठानले प्रदान गर्ने छ ।
पछिल्लो समय कान्तिपुर टेलिभिजनमा कार्यरत केसी एक दशकदेखि सक्रिय पत्रकारिता गरिरहनु भएको छ । २० वर्षदेखि विभन्नि व्यक्तिलाई पुरस्कृत गर्दै आएको प्रतिष्ठानले यो वर्षको पुरस्कार केसीलाई दिने भएको हो । केसी सम्मान पत्र र नगदले पुरस्कृत हुनुहुने छ । केसीले यस अघि अन्नपूर्ण पोष्ट दैनिक, राजधानी दैनिकको साथमा अन्य दैनिक तथा साप्ताहीक पत्रपत्रिकामा समाचारदाता तथा सम्पादक भएर काम गरिसक्नुभएको छ ।