आज २७ औं जनयुद्ध दिवश विविध कार्यक्रम मनाइँदै छ । रुकुम पश्चिम स्थित नेकपा माओवादी केन्द्रका विभिन्न पालिकाले विविध कार्यक्रम गरी दिवश मनाइँदै छ । २०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले राज्य विरुद्ध जनयुद्धको घोषणा गरेको थियो । सोही दिनको स्मरण गर्दै हरेक वर्षको फागुन १ गते माओवादी र यसका विभिन्न संघ,संगठनहरुले धुमधामका साथ जनयुद्ध दिवश मनाउने गर्दछन् ।
माओवादी केन्द्र रुकुम पश्चिम स्थित मुसीकोट, चौरजहारी र आठबीसकोट नगरपालिकामा विभिन्न कार्यक्रम हुँदैछन् । बाँफिकोट, सानीभेरी त्रिवेणि गाउँपालिकामा पनि जनयुद्ध दिवशका अवसरमा विविध कार्यक्रम आयोजना गरिएको छ । सहिद परिवार सम्मान, जनयुद्धका घाइते तथा अपांगलाई सम्माने, चियापान, भेटघाट, कार्यालय उद्घाटन तथा प्रगतिशिल विवाह सम्मको कार्यक्रम यस विदशको अवसरमा आयोजना गरिएका छन् ।
जनदयुद्ध दिवशकै अवसरमा रुकुम पश्चिम स्थित विभिन्न पालिकाले सार्वजनिक विदा दिएका छन् । जनयुद्धका कारण देशमा ठूलो परिवर्तण भएको, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिताको मागले सार्थकता पाएकाले फागुन १ केवल दिन नभएर दिवशको रुपमा मनाउने गरिएको नेकपा माओवादी केन्द्र चौरजहारी नगर समिति अध्यक्ष श्रीकृष्ण शर्माले बताउनुभयो ।