Kakhara सबैको खबर सम्पूर्ण खबर
२७ औं ‘जनयुद्ध’ दिवशको अवसरमा माओवादी केन्द्र कर्णालीको शुभकामना

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले २७ औं जनयुद्ध दिवशको अवसरमा शुभकामना व्यक्त गरेको छ । नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले विज्ञप्ती जारी गर्दै जनयुद्ध दिवशको अवसरमा समाजवादी राज्य व्यवस्थाको बाटोमा अघि बढ्न सबैमा प्रेरणा प्रदान होस भनि शुभकामना व्यक्त गर्नुभएको हो । 

नयाँ जनवादी क्रान्ति सम्पन्न गरी नेपालमा जनवादी गणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ हाम्रो गौरवशाली पार्टी तत्कालीन नेकपा (माओवादी) को पहल र नेपाली जनताको प्रत्यक्ष सहभागितामा महान जनयुद्ध शूरु भएको गौरवपूर्ण ऐतिहासिक दिन आज फागुन १ गतेको गौरवमय अवसरमा कर्णालीवासी जनसमुदाय एवं सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु विज्ञप्तीमा भनिएको छ ।

जनयुद्धका सहिदहरुप्रति श्रदाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते तथा अपांगता भएकाहरुप्रति उच्च सम्मान तथा जनयुद्धको पहलकदमी लिने, शुरुवात गर्ने र सहभागी सबै नेतृत्व, कार्यकर्ता, पुर्वजनमुक्ति सेना एवं आम जनसमुदायप्रति आभार प्रकट गरिएको छ । 

जनयुद्ध र जनआन्दोलनको बलमा नेपालमा सदियौं देखिको सामन्ती राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । नयाँ संविधान, समावेशीता, समानुपातिकता, धर्मनिरपेक्षता, संघीयतालगायतका महत्वपूर्ण राजनैतिक उपलब्धीहरु जनयुद्ध र जनआन्दोलनका कारण सम्भव भएको जनाईएको छ । 

साथै जनयुद्धका कारण प्राप्त राजनैतिक उपलब्धीहरुको उपभोग गर्ने तर यसको महानतालाई खिसिट्यूरी गर्ने प्रवृत्तिको भ्रत्र्सना एवं सबैखाले प्रतिगमनकारी तथा प्रतिक्रियावादी दुश्प्रयत्नहरुका विरुद्ध खबरदारी गर्दै समाजवादी व्यवस्था निर्माणको बाटोमा दृढतापुर्वक अघि बढ्न आव्हान समेत गरिएको छ । 

जनयुद्धको तत्कालीन लक्ष्य जनवादी क्रान्ति नेपाली मौलिकता सहित पुरा भएपनि वैज्ञानिक समाजवाद स्थापनाको दीर्घकालीन लक्ष्य पुरा भने गर्न वाँकी नै रहेको अध्यक्ष केसीले जारी गरेको शुभकामना वक्तव्यमा उल्लेख छ ।
 

प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  ०७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update