रुकुम पश्चिमका ५ वटा स्थानीय तहले आज सार्वजनिक विदा दिएका छन् । २७ औं जनयुद्ध दिवसको अवसरमा आज आईतबार जिल्लाका ५ वटा स्थानीय तहहरुले सार्वजनिक विदा दिएका हुन् ।
सानीभेरी गाउँपालिका बाहेक अन्य स्थानीय तहले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिएका छन् । मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका, बाँफिकोट गाउँपालिका र त्रिवेणि गाउँपालिकाले भोली फागुन १ गते सार्वजनिक विदा दिएका हुन् ।
नेकपा माओवादीले २०५२ साल फागुन १ गते जनयुद्ध सुरु गरेको दिनको सम्झनामा नगर कार्यपालिकाको निर्णय अनुसार एक दिन नगर भरमा सार्वजनिक विदा दिईएको आठबीसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुर केसीले जानकारी दिनुभयो । सरकारी कार्यालय, बिद्यालय, सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक विदा दिईएको स्थानीय तहहरुले सूचना जारी गर्दै जानकारी गराएका छन् । फागुन १ गते जनयुद्ध सुरुवात भएको दिनको अवसरमा हरेक वर्ष विभिन्न कार्यक्रम गरेर मनाउने गरिएको छ ।