Kakhara सबैको खबर सम्पूर्ण खबर
एमालेका प्रदेश कमिटि सदस्य र कांग्रेसका जिल्ला सदस्य सहित १८ जना माओवादीमा प्रवेश
नेकपा एमालेका कर्णाली प्रदेश कमिटि सदस्य तथा रुकुम जिल्लाका पूर्व उपाध्यक्ष ऋषिप्रसाद शर्मा ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रदेश कमिटि सदस्य तथा नेपाली कांग्रेस रुकुम पश्चिमको जिल्ला कार्य समिति सदस्य सहित १८ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।

जनयुद्ध दिवशको अवसरमा माओवादी केन्द्र चौरजहारी नगरपालिका रुकुम पश्चिमले आयोजना गरेको विशेष कार्यक्रममा एमाले प्रदेश कमिटि सदस्य तथा रुकुमका पूर्व उपाध्यक्ष ऋषिप्रसाद शर्मा, नेपाली कांग्रेसका जिल्ला कार्य समिति सदस्य बालकृष्ण भाट लगायतले माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो ।

चौरजहारी नगरपालिकाको प्राङ्गनमा भएको कार्यक्रममा उहाँहरुलाई माओवादी केन्द्रका नेता मायाप्रसाद शर्माले उहाँहरुलाई पार्टी प्रवेश गराउनु भएको हो । नेपाली कांग्रेसको चौरजहारीका संस्थापक ठकेन्द्र भाटकी छोरी कांग्रेस समर्थक पुष्पा लामिछाने, एमालेको चौरजहारी नगरपालिका वडा नम्बर १ का अध्यक्ष अर्जुनकुमार लामिछाने, एमालेकै मोतिलाल जैसी, एमाले वडा कमिटि सदस्य सपना पोखरेलले माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो ।

यसैगरी लोकेन्द्रप्रसाद लामिछाने, हिमा लामिछाने, जयन्ती लामिछाने, सरस्वती लामिछाने गौतम, केशव लामिछाने यदु गौतम पनि माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । यसैगरी एमालेकै शिला लामिछाने, पवित्रा लामिछाने, रमेशकुमार लामिछाने, खिमा जैसी, नेपाली कांग्रेसकी दुर्गा गौतम, एमालेका गणेश लामिछाने र दिपक केसीले पनि पार्टी प्रवेश गर्नुभएको छ । 

नवप्रवेशि ऋषिप्रसाद शर्माले हिजोका दिनमा सँगसँगै काम गरेको बीचमा परिबन्दले फरक फरक पार्टी भएपनि अब फेरि एक भएको बताउनुभयो । एमसीसीका विषयमा अध्यक्ष प्रचण्डको अडानले आफू प्रभावित भएको भन्दै शर्माले यो बेला पार्टी भन्दा देश मुख्य हुनुपर्ने बताउनुभयो । एमसीसीका सन्दर्भमा माओवादी केन्द्रले लिएको विचार, नीत र अडानप्रति आफू पूर्ण सहमति भएको शर्माको भनाई छ । 

अर्का नवप्रवेशि बालकृष्ण भाटले जनताका पक्षमा केही गर्ने भनेको माओवादी केन्द्र नै भएकाले आफूले माओवादी केन्द्रमा प्रवेश गरेको बताउनुभयो । पछिल्लो पटक चौरजहारी नगरपालिकाले गरेको विकास, त्यसबाट जनताले लिएको लाभका कारण आफू कांग्रेस छाडेर माओवादीमा प्रवेश गरेको भाटले बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update