जनयुद्ध दिवशको अवसर पारी एक जोडीको जनवादी तथा प्रगतिशिल विवाह सम्पन्न भएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१३, की सुमित्रा शर्मा र बाँके कोहलपुर निवासी मनोज शर्माबीच जनवादी विवाह सम्पन्न भएको हो । जनयुद्ध दिवशको अवसर पारी माओवादी चौरजहारी नगर समितिले आयोजना गरेको एक कार्यक्रममा उनिहरुको प्रगतिशिल विवाह भएको हो ।
माओवादी केन्द्रका नेताहरु मायाप्रसाद शर्मा, गोपाल शर्मा, चौरजहारी नगरपालिका प्रमुख विशाल शर्मा लगायतको उपस्थितिमा भएको कार्यक्रममा जनवादी विवाह भएको हो । सुमित्रा माओवादी केन्द्र चौरजहारी नगर समिति अध्यक्ष श्रीकृष्ण शर्माकी छोरी हुनुहुन्छ । सुमित्रका बुवा श्रीकृष्णले परम्परागत ढंगबाट नभइ जनवादी तवरले छोरीको विवाह गराइदिएको बताउनुभयो । नेपाली जनताको लागि महत्वपूर्ण सावित भएको दिनलाई नै मुख्य मानेर छोरीको विवाह गराइदिएको भनाई उहाँको छ ।