Kakhara सबैको खबर सम्पूर्ण खबर
जनयुद्ध दिवशका अवसरमा ८१ जनालाई अभिनन्दन

२०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले राज्य विरुद्ध जनयुद्धको घोषणा गरेको थियो । सोही दिनको स्मरण गर्दै हरेक वर्षको फागुन १ गते माओवादी र यसका विभिन्न संघ,संगठनहरुले धुमधामका साथ जनयुद्ध दिवश मनाउने गर्दछन् ।  तत्कालीन नेकपा माओवादीले सशस्त्र बिद्धोह सुरु गरेको आज २७ वर्ष पुगेको छ । २७ औं जनयुद्ध दिवशको अवसरमा बाँफिकोट गाउँपालिका रुकुम पश्चिमको आयोजनामा गाउँपालिका भित्रका ८१ जनालाई अभिनन्दन गरेको छ ।

आज २ नम्बर वडाको मेलगैरी सहिद स्मृति पार्कमा सहिद परिवारलाई अभिन्दन गरेको हो । हरेक वर्ष जनयुद्ध दिवसको अवसरमा  विभिन्न कार्यक्रम गर्दै आएको गाउँपालिका यो वर्ष सहिद परिवारलाई अभिन्दन गरेको छ ।  १ नम्बर वडाका छ जना, २ नम्बर वडाका २६ जना, ३ नम्बर  वडाका चार जना, ४ नम्बर वडाका वडाका पाँच जना, त्यस्तै ५ नम्बर वडाका नौ जना,  सहिद परिवालाई अभिन्दन गरेको बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले जानकारी दिनु भयो ।

यस्तै ६ नम्बर वडाका १२ जना, ७ नम्वर वडाका चार जना, ८ नंम्बर वडाका छ जना, ९ नंम्बर वडाका एक जना, र १० नम्बर वडाका आठ जनालाई  अभिन्दन गरेको बाँफिको गाउँपालिकाले जानकारी दिएको छ । २०५२ साल देखि लाग्दै आएको जनवादी मेलामा विभिन्न झाँकी सहित सिंगारु र मयुर नाच पनी प्रर्दशन भएको थियो । नेकपा माओवादी केन्द्र बाँफिकोट गाउँपालिका पार्टि अध्यक्ष चन्द्र बहादुर केसीको अध्यक्षता रहेको कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य रातो कामी  प्रमुख तथा नेकपा माओवादी केन्द्रका नेता परसमणी केसी विशेष आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा  सुरक्षा विभागका केन्द्रिय सदस्य कलबहादुर नाथ,  बाँफिकोट गाउँपालिका अध्यक्ष केसी, कर्णाली प्रदेश  नेकपा माओवादी केन्द्र  सदस्य चन्द्रबहादुर शाही, गाउँपालिका उपाध्यक्ष मनकला पुन, गाउँपालिका १० ओटै  वडाका वडा अध्यक्ष,  सहित परिवार लगायतको उपस्थिति रहेको थियो । गाउँ कार्यपालिका सदस्य झरणा शाहिको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन १ नम्बर वडा अध्यक्ष हर्कु मल्लले गर्नु भएको थियो ।
 

प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update