रुकुम पश्चिमको सदरमुकाम खलंगामा मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको विरोध भएको छ । नेकपा एकीकृत समाजवादी निकट युवा तथा विद्यार्थी संगठनले एमसीसी खारेज गर्नुपर्ने माग सहित विरोध प्रर्दशन गरेका हुन् । विरोध र्यालीले खलंगा बजार परिक्रममा गरेको थियो । र्याली पछिको कोण सभालाई सम्बोधन गर्ने वक्ताहरुले एमसीसी खारेज नभए थप कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
देश भन्दा ठूलो अरु नहुने भन्दै उनिहरुले देश नै असजिलोमा पर्ने गरी प्रस्ताव गरिएको एमसीसी खारेज गर्नुपर्ने माग गरे । कोण सभालाई युवा संगठनका कर्णाली प्रदेश उपाध्यक्ष सन्तोष खड्का र अनेरास्ववियुका जिल्ला अध्यक्ष हुकुम विसीले सम्बोधन गरेका थिए । र्यालीमा नेकपा एस पार्टीका केन्द्रीय सदस्य शेरबहादुर केसी, देवी ओली, विमलकुमार पुन लगायतको पनि सहभागिता रहेको थियो ।