Kakhara सबैको खबर सम्पूर्ण खबर
जनयुद्ध दिवसमा सानीभेरीमा मोटरसाइकल र्याली र अन्तरक्रिया  

जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्र सानीभेरी गाउँपालिका समितिले अन्तरक्रियात्मक कार्यक्रम सम्पन गरेको छ । दिवसको अबसरमा सानीभेरी ९ सिम्लीबाट मोटरसाईकल र्याली निकाली गिठाकोट हुँदै रिम्ना जाजरकोट र सानीभेरी ४ मेघा हुँदै सानीभेरी ३ बाट सिम्ली आएर अन्तरक्रियात्मक कार्यक्रममा परिणत भएको थियो । 

जनयुद्ध दिवस भव्यताका साथ मनाउनका लागि फागुन १ गते सानीभेरी गाउँपालिकाले हरेक वर्ष गुरिल्ला म्याराथन आयोजन आयोजना गर्दै आएको थियो । यो बर्ष भने कोरोना संक्रमणको जोखिमका कारण म्याराथन गर्न नसकिएको गाउँपालिकाले जनाएको छ । 

म्याराथन नभएपछि यो वर्ष मोटरसाईकल र्याली र अन्तरक्रिया गरेर दिवस मनाएको बताईएको छ । कार्यक्रममा पार्टीका कर्णाली प्रदेश समिति सदस्य धनबिर ओली, दिपेन्द्र बिक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन पार्टीका गाउँपालिका सचिव टेकबहादुर पुनले गर्नुभएको थियो । 

कार्यक्रम पार्टी अध्यक्ष भुपालसिंह ओलीको अध्यक्षतामा भएको थियो । जनयुद्ध दिवसकै अवसरपारी पाटीले सानीभेरी ५ घापागारमा जनभेटघाट तथा प्रशिक्षण कार्यक्रम गरेको छ । पाटीका कर्णाली प्रदेश समिति सदस्य तथा गाउँपालिका इन्चार्ज बिर्खबहादुर बिष्ट, नेता नरबहादुर पुन लगायतको उपस्थितिमा जनभेटघाट भएको हो ।।
 

प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update