Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरीमा किन भएन गुरिल्ला म्याराथन ?

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले हरेक वर्षको फागुन १ गते गुरिल्ला म्याराथन आयोजना गर्ने गथ्र्यो । जनयुद्धको झल्को दिने गरी आयोजना हुने म्याराथन यो वर्ष भने आयोजना भएन् । तत्कालिन माओवादीले संचालन गरेको जनयुद्धमा खटिएका जनमुक्ति सेनाले प्रयोग गर्ने कम्ब्याड जस्तो देखिने पोशाकमा सजिएका धावकहरुलाई दौडाइने भएका कारण यसले जनयुद्धमा खटिएका जनमुक्ति सेनाको झल्को दिन्थ्यो ।

गाउँपालिकामा जनप्रतिनिधि आएको दोस्रो वर्ष देखि नै गाउँपालिकाले गरिल्ला म्याराथन संचालन गरिरहेको थियो । यो वर्ष पनि गाउँपालिकाको वार्षिका कार्यक्रममा गरिल्ला म्याराथन थियो । तर कोरोना भाईरसको बढ्दो संक्रमणका कारण यो वर्ष म्याराथन आयोजना गर्न नसकिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुपालसिंह बिष्टले जानकारी दिनुभयो । लामो दुरीमा दौडाईने भएका कारण समस्या देखिन सक्ने र कोरोना संक्रमण थप फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै यो वर्ष कार्यक्रम नगरिएको बिष्टले बताउनुभयो ।

यो वर्ष पनि कार्यक्रम गर्ने योजना रहेकोमा कोरोना संक्रमणको जोखिमका कारण कार्यक्रम गर्न नसकिएको उहाँको भनाई छ । गाउँपालिकाले आयोजना गर्ने म्याराथनमा देशका विभिन्न ठाउँबाट धावकहरु सहभागि हुने गर्दथे । गाउँपालिकाको कार्यालय सिम्लीबाट सुरु भई मौराखारा पुगेर जाजरकोटको रिम्ना हुँदै पुनः सिम्लीमा पुगेर सम्पन्न हुन्थ्यो । 


 

प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update