Kakhara सबैको खबर सम्पूर्ण खबर
विद्यालयमा भान्साघर
बाल विकास आधारभुत विद्यालय वडगाउँको निर्माणाधिन भान्सा घर ।

बाँफिकोट गाउँपालिकाको एक विद्यालयमा भान्साघर बनाउन लागेको छ । ५ नम्बर वडाको बाल विकास आधारभुत विद्यालय वडगाउँले दिवा खाजा कार्यक्रम व्यवस्थित बनाउनका लागि एक कोठाको कच्चि भान्साघर निर्माण सुरु गरेको हो । वडगाउँका सबै अभिभावकको श्रमदानबाट उक्त भान्सा घर बन्न लागेको हो । वडगाउँका सर्वसाधारण हरेक दिन श्रमदानका लागि विद्यालय जानेर भान्सा घर बनाउने गरेका छन् । यसको सम्पूर्ण संयोजन विद्यालय व्यवस्थापन समितिले गरिरहेको शिक्षक शुकराम देवकोटाले जानकारी दिनुभयो ।

भान्सा घरमा लाग्ने सम्पूर्ण श्रम अभिभावकबाट भइरहेको र खरिद गर्नुपर्ने निर्माणमा सामग्रीको भने समस्या हुने देखिएको छ । अन्यत्र कतैबाट त्यसको व्यवस्थापन नभइ शिक्षक, कर्मचारीबाटै संकलन गरेर भएपनि भान्सा घर बनाउने योजना रहेको शिक्षक देवकोटाले बताउनुभयो । उक्त विद्यालयमा स्थानीय सरकारबाट हरेक विद्यार्थी बराबर दैनिक १५ रुपैयाँका दरले खाजा भत्ता आएको छ । भान्सा अभावमा हाल दिवा खाजा सञ्चालनमा छैन । दिवा खाजा सञ्चालनका लागि अरु व्यवस्थापनको काम भइरहेको विद्यालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २३, २०७७  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update