दहनेटा पोखरी संरक्षणको काम सुरु
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं. ५ को मेलचौरको दहनेटा पोखरी संरक्षणको काम सुरु भएको छ । वडाको पर्यटकिय स्थलको रुपमा रहेको दहनेटा पोखरी मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तरगतको रकमबाट सरक्षणको काम सुरु भएको हो ।
१५ लाखमा पोखरी घेरबार, वाल लगाउने, लगायत काम भैरहेका छन् । पोखरी सरक्षणको लागि मुख्यमन्त्री रोजगार कार्यक्रममा सुचिकृत कामदारले काम गरिरहेको बलबहादुर बस्नेतले जानकारी दिनुभयो । जैविक बिबिधता प्रर्वधन, सरक्षण गर्ने उद्श्यले पोखरी सरक्षणको काम भैहरको छ । उक्त पोखरी सरक्षण विहिन भए पछि संकटमा परेको थियो । पोखरी संरक्षण गरि पर्यटकिय क्षेत्रको रुपमा बिकास गरिने बताईएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन २, २०७८ १५:००
प्रतिक्रिया दिनुहोस्