रुकुम पश्चिमको मुसीकोट नगरपालिका ९ को नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको तेस्रो बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । वडा समिति अध्यक्ष ओपेन्द्र ओलीको अध्यक्षतामा भएको बैठकले वडाका विभिन्न टोलहरुमा टोल, सेल तथा वडा स्तरीय जनवर्गीय संगठनहरुको बैठक बस्ने निर्णय गरेको छ ।
जस अनुसार होल लिङगुर टोल समितिको बैठक फाल्गुन ५ गते लिङगुरमा ,चौखावाङ टोल समितिको बैठक फाल्गुन ६ गते गाउघर क्लिनिक भवनमा, स्वारा कुन्सीम्ला टोल कसमितिको बैठक फाल्गुन ७ गते सचेतना भनवमा र होल्तारा अदुवारी टोल समितिको बैठक फाल्गुन ८ गते होल्तारामा बस्ने निर्णय गरेको छ ।
जनवर्गीय संगठन तर्फ सहिद परिवार समाजको भेला फाल्गुन ११ गते हिलमा, अखिल नेपाल महिला संघ क्रान्तिकारीको बैठक फाल्गुन १२ गते, अखिल नेपाल शिक्षक संगठनको बैठक फाल्गुन १३ गते होल्तारामा र वाइ सि एल नेपालको बैठक फाल्गुन १५ गते होल्तारामा बस्ने निर्णय गर्नुका साथै प्रत्येक पार्टी सदस्य समर्थक शुभचिन्तकका घर घरमा एक घर दुई झण्डा राख्ने अभियान सन्चालन गर्ने निर्णय पनि गरेको छ ।
पार्टीको झण्डा र चुनाब चिन्ह रहेको झण्डा प्रत्येक घर घरमा टाङ्ने निर्णय गरेको छ । उक्त बैठकमा प्रदेश समिति सदस्य गोविन्द रोका गोप्श्वर केसी नगर समिति सह सचिव नविन ओली नगर समिति सदस्य चम्फा परियार, विनोद ओली नौमा घर्ती विभाग प्रमुख सुसिल विक लगायतको उपस्थिति रहेको थियो ।