Kakhara सबैको खबर सम्पूर्ण खबर
नेकपा एस रूकुम पश्चिम संगठन विस्तार अभियानमा 

नेकपा एकीकृत समाजवादी रुकुम पश्चिम स्थानीय तहको चुनावलाई लक्षित गरेर संगठन विस्तारमा लागेको छ । पार्टीले जिल्लाका विभिन्न वडामा संगठन निर्माण गरिरहेको छ । जिल्ला पदाधिकारी बैठकको निर्णय अनुसार वडा तहमा पार्टी कमिटी निर्माणमा एकीकृत समाजवादी जुटेको हो । 

वडा कमिटी निर्माण अभियान अन्तरगत आज मुसीकोट नगरपालिका वडा नम्बर ६ मा भेला भएको पार्टीका जिल्ला अध्यक्ष विमलकुमार पुनले जानकारी दिनुभयो । पार्टी कार्यकर्ता तथा समर्थकहरुको भेलाबाट यामबहादुर केसीको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी निर्माण गरिएको उहाँले बताउनुभयो ।

जसको उपाध्यक्षमा विश्वप्रकाश बिष्ट र आशा बुढा, सचिव मीना केसी रावल, उप सचिवमा तिलविर बुढाथोकी, अनिता रावल र सीता रावल रहनुभएको छ । पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज देवि ओलीको प्रमुख र जिल्ला अध्यष बिमलकुमार पुनको विशेष आतिथ्यतामा भेला भएको नेकपा एकीकृत समाजवादीले जनाएको छ । 

त्यस्तै भेलामा पार्टीका प्रदेश सदस्य तथा जिल्ला उप सचिव माधवप्रसाद गौतम, जिल्ला सदस्य तथा नगर अध्यक्ष दीपकराज खड्का, जिल्ला सदस्य तथा नगर सचिव रविन्द्रकुमार बिष्ट, नगर सदस्य चन्द्रबहादुर शिर्पालीको पनि आतिथ्यता रहेको थियो ।
 

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update