Kakhara सबैको खबर सम्पूर्ण खबर
सहकारी संघद्धारा मास्क वितरण

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा ४ मा मास्क वितरण गरिएको छ । युनाईटेड मिसन टु नेपाल रुकुम पुर्व कल्स्टरको सहयोगमा जिल्ला सहकारी संघ रुकुम पुर्वको आयोजना तथा स्वाबलम्बी कृषि सहकारी सस्थाको समन्वयमा वडामा मास्क वितरण गरिएको हो । यस अघि ३ नम्बर वडाको पोखरामा मास्क वितरण अभियान सम्पन्न गरेको सहकारीले आजबाट ४ नम्बर वडामा मास्क वितरण सुरु गरेको बताईएको छ ।

साेमबार पहिलो दिन वडाका ४५ जना सर्बसाधारणलाई सर्जिकल मास्क वितरण गरेको स्वाबलम्बी कृर्षि सहकारी शाखा प्रबन्धक धनकुमारी घर्ति पुनले जानकारी दिनु भयो । कोभिड १९ को तेस्रो लहर चलिरहदा त्यसको संक्रमणलाई नियन्त्रण गर्न पछिल्लो समयमा नागरिकहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न छोडेका छन् ।

कतिपय मानिसहरुले खोप लगाउन पनि मानिरहेका छैनन् । यस्तो अवस्थामा संक्रमणको जोखिम उच्च हुने भन्दै मास्क वितरण अभियान सरु गरिएको जिल्ला सहकारी सघं रुकुम पूर्वका अध्यक्ष बसन्तकुमार श्रेष्ठले जानकारी दिनु भयो बताउनुभयो । मास्क वितरण अभियान आउदो शुक्रबार सम्म जारी रहने छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  ०५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update