Kakhara सबैको खबर सम्पूर्ण खबर
अनेरास्ववियू रुकुम पश्चिमले साधारण सदस्य संख्या ७ हजार पुर्याउने

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारी रुकुम पश्चिमले संगठनको साधारण सदस्य संख्या सात हजार पु¥याउने निर्णय गरेको छ ।  

सोमवार सम्पन्न जिल्ला समिति बैठकले संगठन विस्तारको लागि ‘स्कुल जाँउ अभियान’ संचालन गर्नुको साथै सहिद सप्ताहको अवसरमा छ वटै पालिकाहरुमा अन्तरविद्यालय स्तरीय रचनात्मक कार्यक्रमहरु आयोजना गर्ने निर्णय गरेको अध्यक्ष नारायण केसीले जानकारी दिनुभयो । 

साथै बैठकले संगठनको वेबसाईट संचालन गर्ने, शैक्षिक विकृतिका विरुद्ध संघर्ष गर्ने तथा आगामी  स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका उम्मेद्वारहरुलाई जिताउन संगठनका सवै सदस्यहरु अग्रपंक्तिमा खटिएर काम गर्ने निर्णय गरेको छ ।
  
बैठकमा माओवादी केन्द्रका केन्द्रीय स्कुल विभाग सदस्य महेन्द्र केसी, प्रदेश कमिटी सदस्य जयबहादुर पाण्डे, मुसीकोट नगर कमिटी सचिव शुशील गौतम, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यहरु सुन्दर शर्मा र जिवन खड्का तथा प्रदेश उपाध्यक्ष तुल देवकोटाले प्रशिक्षणमूलक मन्तव्य राखेको अध्यक्ष केसीले बताउनुभयो । 
 

प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update