Kakhara सबैको खबर सम्पूर्ण खबर
अनेरास्ववियू क्रान्तिकारीको कार्यालय खलंगामा उद्घाटन

अनेरास्ववियू क्रान्तिकारी रुकुमपश्चिमले मुसिकोट खलंगामा कार्यालय स्थापना गरेको छ । त्रिवेणी चोकमा स्थापित कार्यालयमा २५ जनासम्मको सहभागितामा बैठक तथा अन्य कार्यक्रमगर्न सकिने अध्यक्ष नारायण केसीले जानकारी दिनुभयो । सवै पालिकाहरुमा पनि संगठनको सम्पर्क कार्यालय खोल्ने अखिल क्रान्तिकारीको योजना छ । 

कार्यालय उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय प्रचार विभाग सदस्य तथा कर्णाली प्रदेश समिति सदस्य गोविन्द रोका सचिनले संगठनका हरेक काम कार्वाहीहरु सुव्यवस्थित गर्न र संगठन विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

अखिल क्रान्तिकारीले विद्यार्थीहरुको पेशागत हक अधिकारका साथै शिक्षण संस्थाहरुमा देखिएका विकृति, विसंगतिका विरुद्ध संघर्ष गर्नुुपर्नेमा उहाँले जोड दिनुभयो । नेता रोकाले सामुदायिक विद्यालयहरुमा अँग्रेजी माध्यमबाट पठनपाठन शुरु गर्नको लागि संगठनले दवाव मूलक कार्यक्रम अघि सार्नुपर्ने बताउनुभयो ।  

कार्यक्रममा माओवादी केन्द्रका प्रदेश समिति जयबहादुर पाण्डे, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यहरु सुन्दर शर्मा र जीवन खड्का, पार्टीका आठविसकोट नगर अध्यक्ष रवि केसी र मुसिकोट नगर सदस्य वसन्त खड्का लगायतको आतिथ्यता रहेको थियो ।
 

प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update