Kakhara सबैको खबर सम्पूर्ण खबर
बन्दको प्रभाव रुकुम पश्चिममा पनि 

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र माेर्चाले आह्वान गरेको नेपाल बन्दको प्रभाव रुकुम पश्चिममा पनि परेको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीसँगको सम्झौताको विरोधमा नेकपा र माेर्चाले नेपाल बन्दको आह्वान गरेका हुन् ।

बन्दका कारण बिहानैबाट छोटो तथा लामो दुरीका सवारी साधन चल्न सकेका छैनन् । बजार पनि बन्द छन् । शैक्षिक संस्थाहरुमा पनि बन्दको प्रभाव देखिएको छ । बन्दलाई लक्षित गर्दै जिल्लामा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । जिल्ला सदरमुकाम मुसीकोट खलंगा लगायतका ठाउँमा सुरक्षा तैनाथि बढाईएको छ । 

गृह मन्त्रालयले सूचना निकालेर देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई कानुन विपरीतका गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखि शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको हो ।  

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update