Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोट गाउँपालिका ६ मा दलित मुक्ति मोर्चाको भेला सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाले बाँफिकोट गाउँपालिका ६ मा संगठन विस्तार गरेको छ । भेलाले परविर बस्यालको अध्यक्षतामा १७ सदस्यीय मुक्ति मोर्चाको संगठन निर्माण गरेको हो । जसको उपाध्यक्षमा रामबहादुर सुनार, सचिवमा धमेन्द्र परियार, सह–सचिवमा हिमाली सार्की र कोषाध्यक्षमा ममता विक रहनुभएको छ । भेलामा माओवादी केन्द्रका स्कुलिङ विभाग केन्द्रिय सदस्य महेन्द्र केसी पारसमणिको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै पाटीका गाउँपालिका समिति अध्यक्ष चन्द्रबहादुर केसीको बिषेश आतिथ्यता रहेको थियो । त्यस्तै दलित मुक्तिमोर्चा केन्द्रिय सदस्य तथा गाउँपालिका ईञ्चार्ज शेरु विक, पाटी गाउँपालिका समितिका सचिवालय सदस्य मनोजकुमार अधिकारी, अनेरास्ववीयु जिल्ला कोषाध्यक्ष किरण विश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो । दलित मुक्तिमोर्चा गाउपालिका अध्यक्ष शसिराम नेपालीको अध्यक्षतामा भएको भेलाको संचालन कल्पना सुनारले गर्नुभएको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update